काठमाडौं । एयर एशियाले आगामी अक्टोबर २ बाट उडान सञ्चालनमा आउनुअघि नेपालमा एक्टिभेसन सुरु गरेको छ ।
पहिलो एक्टिभेसन कार्यक्रम शुक्रबार राजधानीको छाया सेन्टरमा गरिएको हो । एयरलाइन्सका अनुसार कार्यक्रमले सहभागीहरुलाई आकर्षित गरेको छ ।
एयर एशियाले यात्रुहरुलाई आकर्षित गर्न ‘फ्लाइ टू थाइल्याण्ड विथ एयर एशिया’ प्रतियोगिता पनि ल्याएको छ । यो प्रतियोगिताले नेपाली यात्रुलाई थाइल्याण्डको निःशुल्क राउण्ड–ट्रिप टिकट जित्ने अवसर पनि प्रदान गरेको छ ।
एयर एशियाले काठमाडौं–बैंकक रुटको प्रवर्द्धनात्मक दर रु. नौ हजार ९९० बाट सुरु गरेको थियो । यात्रुले बैंककबाट एयर एशियामार्फत १३० भन्दा बढी देशमा यात्रा गर्न सक्ने एयरलाइन्सले जनाएको छ।
यसअघि केएल टावर, सिभिल मल, लबिम मलमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा रमाइला खेल र अन्य गतिविधि संचालन गरिएको आयोजकले जनाएको छ ।
सहभागीलाई आकर्षक फ्ल्यास मव नृत्य प्रदर्शन गर्नुका साथै उपहारहरु प्रदान गरिएको थियो । सो अवसरमा सहभागीले एयरलाइन्ससँग प्रश्न सोध्न र सेवाहरुका बारेमा जानकारी लिएका थिए ।
Facebook Comment
Comment