संवैधानिक परिषद् बैठक अनिर्णित

नेपालभ्युज

संवैधानिक परिषद् बैठक अनिर्णित

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिससहित रिक्त संवैधानिक पदमा सिफारिसका लागि बसेको संवैधानिक परिषद्को बैठक अनिर्णित बनेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो । परिषद्को अर्को बैठक ३१ भदौमा बस्ने बताइएको छ ।

बैठकमा प्रधानन्यायाधीश सिफारिसका लागि माथिल्लो वरियतामा रहेका ८ जना न्यायाधीशहरूको नाममाथि छलफल भएको उपसभामुख इन्दिरा रानाले बताइन् ।

नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषदले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषदमा पठाइसकेको छ । जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved