अल्टिमा अल्कालाइन् ब्याट्री र साइरन टर्च अब नेपालमा 

नेपालभ्युज

अल्टिमा अल्कालाइन् ब्याट्री र साइरन टर्च अब नेपालमा 

काठमाडौं । एभरेडीले अल्टिमा अल्कालाइन ब्याट्री र डीएल १०२ साइरन टर्च नेपाली बजारमा ल्याएको छ । विशेष गरी पहुँचयोग्य सुरक्षा उपकरणहरूमार्फत महिलाहरूलाई सशक्तीकरण गर्न ब्रान्डको प्रतिबद्धता देखाउँदै एभरेडीले ब्याट्री र टर्च ल्याएको हो ।

#AWAZUTHAUNESHAKTI अभियान अन्तर्गत सुरु गरिएको साइरन टर्चले सबैका लागि सुरक्षाको आवश्यकतालाई जोड दिन्छ । विशेष गरी महिलाहरू, सुन्ने र बोल्ने क्षमता नभएका समुदायको नेतृत्वमा, उत्पादनलाई सशक्तीकरण र सुरक्षाको शक्तिशाली प्रतीक बनाइएको बताइएको छ ।

आविष्कार प्रतिको एभरेडीको प्रतिबद्धता स्वरूप नयाँ अल्टिमा शृङ्खलाले ४०० गुणा बढी कार्यक्षमता प्रदान गर्ने AA/AAA ब्याट्रीहरू ८००% लामो कार्यसम्पादन दिने अल्टिमा प्रो.का साथ प्रभावशाली शक्ति क्षमताहरू प्रदान गर्दछ ।

खेलौनाहरू, भिडियो गेमहरू र चिकित्सकीय औजारहरू जस्ता उच्च शक्ति खपत गर्ने उपकरणहरूका लागि विशेष रूपमा डिजाइन गरिएको यी ब्याट्रीहरू अल्कालाइन् प्रविधिमा एभरेडीको उत्कृष्टताको प्रमाण हुन् ।

अल्टिमा ब्याट्री पारो, सिसा र क्याडमियम जस्तो वातावरणमा नकारात्मक असर पार्ने तत्त्वहरूबाट मुक्त छ । भने, साइरन टर्च महिलाहरूको सुरक्षा सुनिश्चित गर्न र आतपको समयमा उनीहरू आवाज उठाउन सकुन् भनेर तयार पारिएको कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved