नदी किनार विवादविरुद्ध बन्यो मोर्चा, शृङ्खलाबद्ध प्रदर्शन गर्ने 

नेपालभ्युज

नदी किनार विवादविरुद्ध बन्यो मोर्चा, शृङ्खलाबद्ध प्रदर्शन गर्ने 

काठमाडौं। काठमाडौंभित्रका नदी किनार विवादविरुद्ध मोर्चा बनेको छ । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका राष्ट्रिय मुक्ति मोर्चाका संयोजक राजेन्द्र महतोको उपस्थितिमा मोर्चा बनेको हो ।

मोर्चाले आउँदो भदौ ३१ गते ललितपुरको कुपोन्डोल पुलनजिकै विशाल आमसभा र असोज ३ गते माइतीघर मण्डलामा बृहत् प्रदर्शन गर्ने भएको छ ।

बिहीबार सुमन सायमी नेतृत्वको गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समितिले बैठकको आयोजना गरेको थियो, उक्त बैठकले मोर्चा गठन गरेर शृङ्खलाबद्ध विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकमा महतो र सायमीसँगै राष्ट्रिय मुक्ति मोर्चाका उपत्यका विशेष ब्यूरो प्रमुख रवीन्द्रकुमार श्रेष्ठ, पहिचानवादी मोर्चाका नेता बुद्धराज स्याङ्तान, उपत्यकाव्यापी सडक बिस्तार पीडित सङ्घर्ष समितिकी विद्या श्रेष्ठ, दलितको लागि दलित अभियानका उमेश सुनार, भ्रष्टाचार विरोधी अभियानकी जुनतारा
पुन मगर, यल: नेवा समाजका सञ्जय शर्मा, सेभ नेपा भ्यालीका राजाराम तण्डुकार र सहकारी पीडित सङ्घर्ष समितिका कुशलव केसीको उपस्थिति थियो ।

यसअघि सर्वोच्च अदालतले काठमाडौंभित्रका नदी किनारमा कम्तीमा २०/२० मिटरको दूरीभित्र कुनै संरचना बनाउन नमिल्ने र पहिल्यै रहेको भए हटाउनुपर्ने फैसला गरेको थियो । दलहरूले त्यसको विरोध गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved