रास्वपाले भन्यो – उपसभामुख हटाउने कदमको प्रतिकार गर्छौं

नेपालभ्युज

रास्वपाले भन्यो – उपसभामुख हटाउने कदमको प्रतिकार गर्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानामगर हटाउने सत्तारुढ दलहरुको तयारीको प्रतिकार गर्ने बताएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गर्दै रास्वपाले उपसभामुख हटाउने कार्यको प्रतिकार गर्ने बताएको हो ।

कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘एमाले र कांग्रेसले तयारी गर्दै हुनुहुन्छ रे । आन्तरिक छलफल गर्न हामीले बाँकी छ, एउटा कुरा स्पष्ट रुपमा भन्न चाहन्छु कि हामी प्रतिकार गर्नेछौं ।’

उपसभामुख रानामगरले नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्रको विषयमा स्पष्टीकरण दिइसकेकोले कारबाही गर्न उचित नहुने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved