रास्वपाको राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि सहभागी हुने, महाधिवेशन वैशाखमा

नेपालभ्युज

रास्वपाको राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि सहभागी हुने, महाधिवेशन वैशाखमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेलामा १५ सय जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले यो जानकारी दिएका हुन् ।

“भेलामा १५ सय जना प्रतिनिधिहरू सहभागी हुनुहुन्छ,” उनले भने । उनका अनुसार रास्वपाले २ हजारभन्दा बढी वडामा सङ्गठन विस्तार गरिसकेको छ ।

कार्यवाहक महामन्त्री बुर्लाकोटीले महाधिवेशनको तयारी व्यापक रूपमा गरिरहेको बताए । भेलामा राजनीतिक तथा साङ्गठानिक प्रतिवेदनका साथै सातै प्रदेशका सभापतिहरूले पनि प्रतिवेदन पेस गर्नेछन् ।

यस्तै महाधिवेशन भने २०८२ को वैशाखमा गर्नेबारे पार्टीमा छलफल भइरहेको उनले बताए ।

रास्वपाको राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved