उपसभामुख रानाको पक्षमा उभिने एकीकृत समाजवादीको निर्णय

नेपालभ्युज

उपसभामुख रानाको पक्षमा उभिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीको  स्थायी समिति बैठकले उपसभामुख इन्दिरा रानामगरको पक्षमा उभिने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार बसेको उक्त बैठकले सत्तारुढ दलहरुले उपसभामुख रानामगरलाई हटाउन लागेकाले त्यसविरुद्ध उभिने निर्णय गरेको हो ।

सत्तारुढ दलहरुले उपसभामुख रानामगरको राजीनामा नआए वैधानिक प्रक्रियाबाट हटाउने चेतावनी दिएका बेला समाजवादीले भने यस्तो निर्णय गरेको हो ।

यस्तै बैठकले आगामी ५ असोजमा काठमाडौंमा सन्देश सभा गर्ने निर्णय  समेत  गरेको छ । महाधिवेशनपछि पार्टी एकताबद्ध रहेको सन्देश दिन सभा गर्ने निर्णय गरेको हो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved