संवैधानिक परिषदको बैठक स्थगित

नेपालभ्युज

संवैधानिक परिषदको बैठक स्थगित

काठमाडौं । बुधबार बेलुकी बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।

नयाँ प्रधानन्यायाधीश सिफारिसको एजेण्डाबारे छलफल गर्न बोलाइएको  बैठक शुक्रबार अपरान्हसम्मका लागि स्थगित भएको संवैधानिक परिषदको सचिवालयले सूचनामार्फत जानकारी दिएको छ ।

सूचनामा २८ भदौ अपरान्हसम्मका लागि बैठक सारिएको उल्लेख गरिएको छ ।

प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved