कांग्रेस सांसदलाई ह्वीप- असोज ३ गतेसम्म उपत्यका नछाड्नू, बाहिर भए तुरुन्त आउनु

नेपालभ्युज

कांग्रेस सांसदलाई ह्वीप- असोज ३ गतेसम्म उपत्यका नछाड्नू, बाहिर भए तुरुन्त आउनु

काठमाडौं । कांग्रेसले आफ्ना सांसदलाई असोज ३ गतेसम्म उपत्यका नछाड्न ह्वीप जारी गरेको छ ।

प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई म्यासेज पठाएर असोज ३ गतेसम्म उपत्यका नछाड्न र उपत्यका बाहिर भए तुरुन्त आउन ह्वीप जारी गरेका हुन्।

‘प्रमुख सचेतक ज्यूले म्यासेज पठाउनुभएको छ। बाहिर भएकाले उपत्यका आउनू र बाहिर नजानू भन्नुभएको छ’, एक कांग्रेस सांसदले भने ।

यसअघि एमालेले पनि आफ्ना सांसदलाई उपत्यका नछाड्न निर्देशन दिइसकेको छ।

कांग्रेस एमालेले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन आचरणको प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved