गठ्ठाघर दुर्घटना: ट्रक चालक कारागार चलान

नेपालभ्युज

गठ्ठाघर दुर्घटना: ट्रक चालक कारागार चलान

काठमाडौं । भदौ २४ गते भक्तपुरको गठ्ठाघरमा स्कुटर चालकको ज्यान गएको दुर्घटनामा ट्रक चालक कारागार चलान भएका छन् ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश विद्यानाथ भट्टराईको एकल इजलासले ट्रक चालक मलङ सतेन्द्र श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

सर्लाहीको मलंगवा नगरपालिका-२ घर भएका श्रेष्ठले चलाएको ठक्कर दिंदा बा४९प ८९४४ नम्बरको स्कुटरका चालक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ छहरे घर भई काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षिय उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो ।

श्रेष्ठविरुद्ध यातायात व्यवस्था तथा सवारी ऐन २०४८ को दफा १६१ को उपदफा (२)को कसुरमा मुद्दा दर्ता गरिएको छ । उनलाई २ वर्षदेखि १० वर्षसम्म कैद सजाय माग गरिएको छ ।

गठ्ठाघर दुर्घटना: अरूको घरमा रङ लगाएर छोरीहरूको भविष्य रङ्ग्याएका उत्तमकै घर रङविहीन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved