सेयर बजारमा पहिरो, २२२ कम्पनीको मूल्यमा गिरावट

नेपालभ्युज

सेयर बजारमा पहिरो, २२२ कम्पनीको मूल्यमा गिरावट

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजार ठूलो अंकले घटेको छ ।

नेप्से परिसूचक ५५ दशमलव ८६ अंकले घटेर २६४६ दशमलव ०३ को विन्दुमा झरेको छ ।

सोमबार ३२७ कम्पनीका १ लाख ११ हजार ९ सय ८६ पटकको कारोबारमा २ करोड १० लाख ४८ हजार ९ सय ११ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

जसमा करोबार रकम ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४ सय २५ रुपैयाँ रहेको छ ।

त्यस्तै, २२२ कम्पनीको सेयर मूल्य घट्दा २२ कम्पनीको मात्रै बढेको छ । १३ उपसमूहमध्ये जीवन बीमा र निर्जीवन बीमा सर्वाधिक घटेका छन् । हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले झन्डै ९ प्रतिशतका दरले कमाउँदा सीइडीबी हाइड्रोपावरमा भने लगानीकर्ता आकर्षित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved