फेसबूकले हटाएको भनिएको बालेनको पोष्ट फेरि देखियो

नेपालभ्युज

फेसबूकले हटाएको भनिएको बालेनको पोष्ट फेरि देखियो
फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले भदौ १६ गते सामाजिक सञ्जाल फेसबूकमा लेखेको नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माबारेको पोष्ट फेरि देखिएको छ ।

प्रदेश शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएकोमा किन पक्राउ नगरेको भन्दै प्रश्न गरेको उक्त पोष्ट एमालेका कार्यकर्ताले धेरै रिपोर्ट भएपछि फेसबूकले हटाएको मेयर शाहको सचिवालयले दाबी गरेको थियो ।

सांसदको घरमा बालिका ‘नोकर्नी’: सबैले खान्थे मासुभात तर, उनको भाग कुकुरलाई (भिडिओ)

ती बालिकालाई कुटपिटसमेत गर्दै आएको विषयमा २ महिनादेखि महानगरले आग्रह गर्दा पनि सरकारले कारबाही नगरेको भन्दै बालेनले आपत्ति जनाएका थिए ।

मेयर शाहको सचिवालयका अनुसार उक्त पोष्ट आफूहरूले नभइ फेसबुकले नै हटाएको दाबी गरेको थियो ।

तर, फेसबूकमा राखेको २ दिनपछि वालबाट हटेको उक्त पोष्ट शुक्रबार फेरि देखिएको हो । कतिपयले भने बालेनले नै लुकाएर चर्चाको लागि फेरि सार्वजनिक गरेको दाबी गरेका छन् ।

आन्तरिक सर्कुलर जारी गरेपछि प्रधानमन्त्री ओलीका फलोअर्स विस्तारै बढ्दै

पोष्ट हटेपछि बालेनका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबूक पेजलाई अनफलो गर्ने अभियान चलाएका थिए । त्यसक्रममा झण्डै ७५ हजार फलोअर्स घटेका थिए । बिहीबारदेखि भने ओलीको फलोअर्स विस्तारै बढ्न थालेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved