एफएनसीसीआईले गर्‍यो पलेशालाई नगदसहित सम्मान (तस्वीरहरू)

नेपालभ्युज

एफएनसीसीआईले गर्‍यो पलेशालाई नगदसहित सम्मान (तस्वीरहरू)

काठमाडौं । पेरिस पारालिम्पिक–२०२४ मा ऐतिहासिक कास्यपदक जित्न सफल पलेशा गोवर्धनसहितको पारा तेक्वान्दो टोलीलाई नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले नगदसहित सम्मान गरेको छ ।

महासंघले पलेशालाई ३ लाख रुपैँया, मुख्य प्रशिक्षक कविराज नेगी लामालाई १ लाख २५ हजार रुपैँया र टोली व्यवस्थापक राम चन्द्र श्रेष्ठलाई ७५ हजार रुपैँयासहित सम्मान गरिएको हो ।

यससँगै महासंघले पारा तेक्वान्दो टोलीलाई कुल ५ लाख रुपैँयासहित सम्मान गरेको हो ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्यपदक जितेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved