मकवानपुरमा नेपाली सेना सवार ट्रकमा आगलागी

नेपालभ्युज

मकवानपुरमा नेपाली सेना सवार ट्रकमा आगलागी

काठमाडौं । मकवानपुरमा नेपाली सेना सवार ट्रकमा आगलागी भएको छ ।

७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आगलागी भएको हो ।

बिहीबार दिउँसो त्रिभुवन राजपथ दामन-शिखरकोट सडक खण्डअन्तर्गत थाहा नगरपालिका-४ कुर्सी मोडमा पुगेपछि सेनाको ट्रकमा आगलागी भएको हो । ट्रक जलेर पूर्ण रूपमा क्षति भएको छ ।

ट्रकको सापट भाँचिएपछि ट्रकलाई साइड लगाउने क्रममा अचानक आगो लागेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

थाहा नगरको दमकलले ट्रकमा लागेको आगो निभाउने कोसिस गरे पनि सफल भएनन् । आगलागीमा मानवीय क्षति भने भएको छैन । ट्रकमा १८ जना सवार थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved