मानव बेचबिखन अन्त्य गर्न बनाएका कानुन कडाइका साथ कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

नेपालभ्युज

मानव बेचबिखन अन्त्य गर्न बनाएका कानुन कडाइका साथ कार्यान्वयन हुन्छ : प्रधानमन्त्री
फाइल तस्वीर

काठमाडौं । सरकारले आज मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औँ राष्ट्रिय दिवस मनाउँदैछ । महिला, बालबालिका ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाइमा विविध कार्यक्रम गर्न लागिएको छ ।

यस दिवसका सन्दर्भमा सुभकामना सन्देश प्रवाह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन मानव सभ्यताकै कलङ्क र जगन्य अपराध भएको बताएका छन् ।

समयक्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरुप र गन्तव्य परिवर्तन भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मानव बेचबिखन अन्त्य गर्न बनाएका कानुन कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यसैगरी ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले मानव बेचबिखन विरुद्धको अभियानमा सहयोग गर्न अपिल गरेका छन् । ‘तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नारासहित आज यो दिवस मनाउन लागिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved