एमाले बैठक : वार्षिक कार्ययोजनालाई अन्तिम रुप दिने जिम्मा सचिवालयलाई

नेपालभ्युज

एमाले बैठक : वार्षिक कार्ययोजनालाई अन्तिम रुप दिने जिम्मा सचिवालयलाई

काठमाडौं । नेकपा एमालेले निर्णायक रााष्ट्रिय शक्ति निर्माणका सन्दर्भमा पार्टीको वार्षिक कार्ययोजनालाई अन्तिम रुप दिने जिम्मा सचिवालयलाई दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बुधबार सम्पन्न एमाले पोलिट्व्युरो बैठकले महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामाथि छलफल गर्दै सुझाव सहित अन्तिम रुप दिने जिम्मा पार्टी सचिवालयलाई दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । वार्षिक कार्ययोजना ५१ जना पोलिट्व्युरो सदस्यहरुले धारणा राखेका थिए ।

उनीहरुले वार्षिक कार्यायोजनाको कार्यान्वयनमा जोड दिएको गौतमले बताए । बैठकको समापन सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी ओलीले पार्टीभित्र अराजक गतिविधि स्वीकार्य नहुने भन्दै त्यस्तो गतिविधि गर्नेलाई पार्टी छाड्न सुझाव दिएका थिए ।

एमाले महासचिव पोखरेलले प्रस्तुत गरेको कार्ययोजनामा पार्टी संरचनालाई बलियो बनाउन पार्टीको केन्द्रमा एक र सातै प्रदेशमा पार्टी स्कूलका स्थायी संरचना खडा गर्ने उल्लेख गरेका छन् ।

त्यस्तै पार्टीको सदस्यता नविकरण, विस्तार, अभिलेखीकरण, पार्टी कमिटीका नियमित अधिवेशन, पार्टी कमिटीको मूल्याङ्कन लगायतका विषय प्रतिवेदनमा समावेश गरेका छन् । पोलिट्व्युरो बैठकले विभिन्न समसामायीक प्रस्ताव समेत पारित गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved