युक्रेनमा रुसको आक्रमण जारी, थप ७ जनाको मृत्यु

नेपालभ्युज

युक्रेनमा रुसको आक्रमण जारी, थप ७ जनाको मृत्यु

काठमाडौं । युक्रेनको पश्चिम शहर लभ्युममा रुसले गरेको आक्रमणमा ७ जनाको मृत्यु भएको छ ।

बुधबार रुसले ड्रोन र हाइपरसोनिक मिसाइलले आक्रमण गरेको लभ्युमका मेयर एन्ड्री साडोवीले जानकारी दिए । मृत्यु हुने ७ जनामध्ये ३ बालबालिका रहेका छन् ।

आक्रमणमा परी एक शिशु, २ बालिका र एक महिलाले ज्यान गुमाएको बताइएको छ । हवाई आक्रमणका कारण युक्रेनको राजधानी किभमा विष्फोटको आवाज पनि सुनिएको थियो ।

अधिकारीहरुका अनुसार एक होटलमा आक्रमण हुँदा ६ जना घाइते भएका छन् ।

सम्पुर्ण राष्ट्र नै हवाई आक्रमणको खतरामा रहेको युक्रेनी सेनाले जनाएको छ । आक्रमणमा केही घरमा आगलागी भएको छ ।

मंगलबार केन्द्रीय सहर पोल्ताभामास्थित सैन्य संस्थामा रुसको आक्रमणमा ५० जनाको मृत्यु भएको थियो ।  पोल्ताभामा भग्नावशेष मुनि दबिएका मानिस निकाल्ने प्रयास जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved