युक्रेनी ड्रोन बल प्रमुखको परिवार नै रुसमा, जेलेन्स्कीले गरे निलम्बन

नेपालभ्युज

युक्रेनी ड्रोन बल प्रमुखको परिवार नै रुसमा, जेलेन्स्कीले गरे निलम्बन

काठमाडौं । युक्रेनले आफ्नो ड्रोन फोर्सका चिफ अफ स्टाफ रोमन ग्ल्याडकीलाई निलम्बन गरेको छ ।

ग्ल्याडकीको परिवार रुसमा रहेको खबर बाहिरिएपछि उनलाई निलम्बन गरिएको रुसी अखबार आरटीले जनाएको छ । अहिले ग्ल्याडकीमाथि अनुसन्धान भइरहेको छ ।

युक्रेनी मिडियाले ग्ल्याडकीकी श्रीमतीसँग रुसी राहदानी रहेको र सन् २०१४ मा प्रायद्वीप रुसको हिस्सा बनेपछि क्राइमियामा बसोबास गरेको रिपोर्ट सार्वजनिक गरेपछि अनुसन्धान सुरु गरिएको थियो ।

ग्ल्याडकीकी छोरीले रुसी झण्डामुनि पौडी प्रतियोगितामा भाग लिएकी थिइन् । किभले क्रिमियालाई अवैध कब्जामा रहेको ठान्दछ र प्रायद्वीपमा अनाधिकृत भ्रमणहरू प्रतिबन्धित गर्दछ ।

यसअघि मंगलबार युक्रेनी नेता भ्लादिमिर जेलेन्स्कीले तीन मन्त्री र दुई उपप्रधानमन्त्रीलाई बर्खास्त गरेका छन् । युक्रेनी सञ्चारमाध्यमले विदेशमन्त्री दिमित्री कुलेबालाई पनि चाँडै प्रतिस्थापन गर्न सक्ने जानकारी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved