सांसद मोदी भन्छन् – प्रचण्डलाई जनक भनिनुपर्छ, नोबेल पुरस्कार दिनुपर्छ

नेपालभ्युज

सांसद मोदी भन्छन् – प्रचण्डलाई जनक भनिनुपर्छ, नोबेल पुरस्कार दिनुपर्छ

काठमाडौं । माओवादी केन्द्रका सांसद अमनलाल मोदीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनक भनिनुपर्ने माग राखेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रचण्डलाई रामसँग तुलना गर्दै जनक भन्नु पर्ने बताएका हुन् ।

साथै, शान्तिका लागि अथक प्रयास गरेकाले प्रचण्डलाई नोबेल पुरस्कार दिइनुपर्ने उनको माग छ ।

मोदीले भने, ‘जनयुद्ध लडेका पार्टीका कमान्डर प्रचण्ड लोकतन्त्र, नागरिक र समावेशी समानुपातिकको पक्षमा लड्नुभयो । आन्दोलनको नेतृत्वकर्ता भएका कारणले रामजस्तै उहाँलाई जनक भनिनुपर्छ ।’

उनले यसअघि भने, ‘शान्तिका लागि अथक प्रयास गर्नुभएको कारणले उहाँलाई नोबेल पुरस्कारको प्रस्ताव गर्नुपर्छ र दिनुपर्छ भन्ने माग राख्दछु ।’

उनले विभिन्न कालखण्डमा भएका युद्धलाई हिंसा भन्ने त भन्दै प्रश्नसमेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved