सुआरेजले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

नेपालभ्युज

सुआरेजले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

काठमाडौं । उरुग्वेका स्ट्राइकर लुइस सुआरेजले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । ३७ वर्षीय सुआरेजले सोमबार सन्न्यासको घोषणा गरेका हुन् ।

सुआरेज उरुग्वेका सर्वाधिक गोलकर्ता हुन् । उनले उरुग्वेका लागि १ सय ४२ खेलमा ६९ गोल गरेका छन् ।

शुक्रबार राष्ट्रिय टोलीसँग आफ्नो अन्तिम खेल हुने सेन्टेनारियो रंगशालामा आयोजित पत्रकार सम्मेलनमा भावुक सुआरेजले जानकारी गराए । शुक्रबार उरुग्वेले पाराग्वेसँग विश्वकप छनोट खेल खेल्नेछ ।

सन् २००७ देखि उरुग्वेका लागि खेल्दै आएका सुआरेजले अर्को विश्वकपमा पुग्न गाह्रो हुने र चोटका कारण होइन आफैंले सन्न्यास लिएको प्रस्टाए ।

उनले उरुग्वेको ४ विश्वकप र ५ कोपा अमेरिका प्रतियोगितामा प्रतिधित्व गरेका छन् ।

यद्यपि, सुआरेज इन्टर मियामीबाट व्यवसायिक फुटबल जारी राख्ने योजनामा छन् । सुआरेजले यसअघि लिभरपुल, एट्लेटिको मड्रिड, आयक्स, र ग्रेमियोबाट खेलिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved