मृत्युको हल्ला फैलिएपछि ‘काजी साब’को गुनासो – दानवरुपी व्यवहार भयो

नेपालभ्युज

मृत्युको हल्ला फैलिएपछि ‘काजी साब’को गुनासो – दानवरुपी व्यवहार भयो

काठमाडौं । अभिनेता रामचन्द्र अधिकारी ‘काजी साब’ले आफू सकुशल रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो मृत्युको हल्ला फैलिएपछि मिडिया हबबाट सार्वजनिक भिडिओमा उनले भ्रमितको कुराको पछि नलाग्न आग्रह गरे ।

उनले आफूमाथि दानवरुपी व्यवहार भएको गुनासो गरेका छन् ।

‘दर्शकहरुले एउटा मानवको रुपमा ममाथि दानवरुपी व्यवहार गर्नुभयो । उहाँहरुलाई पनि नमस्कार छ । मलाई जिउँदै मारियो । म बोलिरहेको छु ।’ उनले भने ।

आफू मेरी बास्सैको सुटिङमै रहेको बताए । आफूबारे भ्रम फैलाएपछि आफ्नो मन दुखेको उनले गुनासो गरे ।

‘अहिलेसम्म हामीबाट कसैको मन दुखाउने काम भएको छैन । अनि अरुले पनि नगरुन् ।’ अधिकारीले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved