अस्पतालको तेस्रो तलाबाट हाम फालेकी पुनमायाको मृत्यु 

नेपालभ्युज

अस्पतालको तेस्रो तलाबाट हाम फालेकी पुनमायाको मृत्यु 
प्रतीकात्मक तस्वीर ।

ललितपुर । क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेर गम्भीर घाइते भएकी पुनमाया तामाङको मृत्यु भएको छ । उनले शनिबार ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी थिइन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ निवासी तामाङ ६४ वर्षकी थिइन् । उनले अस्पतालको ए ब्लकको तेस्रो तलाबाट भुईँमा हाम फालेकी थिइन् ।

उनलाई अस्पतालकै आइसियुमा राखेर उपचार गराइएकोमा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved