घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपालभ्युज

घट्यो पेट्रोलियम पदार्थको मूल्य
सांकेतिक तस्वीर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार  शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको हो ।

आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोलिटर ३७ डलर मूल्य घटाइएको निगमले जनाएको छ  ।

खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत नै रहेको निगमले जनाएको छ  ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अन्य क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved