प्रचण्डलाई ओलीको जवाफ – धम्कीबाट डराउँदिनँ

नेपालभ्युज

प्रचण्डलाई ओलीको जवाफ – धम्कीबाट डराउँदिनँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कुनै पनि किसिमको हिंसा सम्भव नभएको बताएका छन् ।

शनिबार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाको पुस्तक इन्टु द फायर बिमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाल श्रीलंका र बंगलादेश जस्तै हुनसक्ने धम्कीबाट आफू नडराउने भन्दै अब कुनै पनि किसिमको हिंसा सम्भव नभएको बताएका हुन् ।

श्रीलंका र बंगलादेशबाट सिक भनेर प्रचण्डले अर्ती उपदेश दिएको भन्दै ओलीले आफूले १७ हजार मान्छे नमारेको कारण खुट्टा नकमाउने जवाफ दिए । नेपाल कुनै देशको फोटोकपी मेशिन नभएको र यहाँ आफ्नै इतिहास र परम्परा रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रविरूद्ध आवाज उठाउनेहरू नै अहिले ठूलो कुरा गरिरहेको आरोप समेत लगाए ।

उनले आधा शताब्दीभन्दा बढि समयदेखि देश बनाउने अभियानमा लागेका कारण आफूलाई पशुपति जलहरी जस्ता विभिन्न प्रकरणमा झुटा आरोप लगाउने गरिएको दाबी गरे ।

प्रधानमन्त्री ओलीले आफुलाई पदको कुनै लोभ नभएको पनि जिकिर गरे । आफ्नो प्रधानमन्त्रीको कार्यकाल सकिनु अघि नै सहज रूपमा कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved