पुस्तक नीतिको प्रारम्भिक मस्यौदा तयार भइसक्यो : मन्त्री भट्टराई

नेपालभ्युज

पुस्तक नीतिको प्रारम्भिक मस्यौदा तयार भइसक्यो : मन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पुस्तक नीतिको प्रारम्भिक मस्यौदा तयार गरिएको जानकारी दिएकी छन् ।

१७औं पुस्तकालय दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले पुस्तकको विषयलाई व्यवस्थित बनाउनका लागि पुस्तक नीतिको प्रारम्भिक मस्यौदा तयार भइ छलफलको क्रममा रहेको जानकारी दिएकी हुन् ।

त्यस्तै, उनले २०६४ सालमा बनेको पुस्तकालय नीति अहिलेको सन्दर्भमा परिमार्जन गर्ने विषयमा पनि छलफल गर्न जरुरी रहेको जिकिर गरिन् ।

उनले राज्य र पुस्तकालयलाई जोड्नका लागि ऐन आवश्यक भएकाले सरकारको ध्यान त्यसतर्फ गएको धारणा राखिन् ।

मन्त्री भट्टराईले पुस्तकालयको महत्वलाई जीवनको महत्वपूर्ण अंगको व्याख्या गरिएकाले राज्यले पुस्तकालयको दायित्व राज्यले लिने स्पष्ट पारिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved