मण्डला थिएटरमा ‘शिल्पीनी’ को नियमित मञ्चन हुँदै

नेपालभ्युज

मण्डला थिएटरमा ‘शिल्पीनी’ को नियमित मञ्चन हुँदै

काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरमा भदौ १५ गते शनिबारदेखि नाटक ‘शिल्पीनी’ को नियमित मञ्चन हुने भएको छ । यो नाटक नाट्य महोत्सव ‘म्याड फेस्ट- २०२४’ अन्तर्गत विशेष मञ्चन गरिएको थियो ।

श्रेया सिंह र रवि किरणको लेखन अनि वेदना राईको निर्देशनमा तयार भएको नाटक ‘शिल्पीनी’ मा कार्य क्षेत्रमा यौन हिंसा भोगिरहेका महिलाहरूको कथा र महिलाको आत्म-परिभाषाको दर्शनलाई केलाउने प्रयास गरिएको छ ।

महिला सशक्तीकरणको प्रेरणादायक कथा रहेको ‘शिल्पिनी’ मा प्रमीला राई, रोशनी कार्की, श्रीसेश श्रेष्ठ र सुज्यान सिलवालको अभिनय रहेको छ ।

नाटक, सोमबार बाहेक हरेक दिन भदौ १५ गतेदेखि १८ गतेसम्म दिउँसो ४ बजे र भदौ १९ गतेदेखि भदौ २६ गतेसम्म साँझ ५:३० बजे मञ्चन हुनेछ । शनिवार दिउसो १ बजे नाटकको अतिरिक्त सो मञ्चन हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved