रास्वपाका केन्द्रीय सदस्यलाई पार्टीको आन्तरिक व्हाट्सएप ग्रूपमा बोल्न रोक !

नेपालभ्युज

रास्वपाका केन्द्रीय सदस्यलाई पार्टीको आन्तरिक व्हाट्सएप ग्रूपमा बोल्न रोक !
रास्वपाको केन्द्रीय कार्यालय, च:मती वनस्थली ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्यलाई पार्टीको आन्तरिक व्हाट्सएप ग्रूपमा बोल्न रोक लगाइएको छ ।

मिसन ८४ का लागि बनाइएको व्हाट्सएप ग्रूपमा पार्टी हित विपरीतका कार्यहरू हुन थालेपछि त्यसमा तत्कालका लागि केन्द्रीय सदस्यलाई बोल्न रोक लगाइएको एक नेताले जानकारी दिए ।

उक्त ग्रूपमा पार्टीमा जागरण ल्याउने कुराहरू मात्र पोस्ट गरिन्थो । तर, पछिल्लो समय पार्टी हित विपरीतका र पार्टीको आन्तरिक काम कारबाहीका कुराहरू समेत सबै पोष्ट हुन गएकोले रोक लगाइएको हो ।

अब यस विषयमा सुझावहरू लिएर पार्टीका जिम्मेवार सदस्यहरूलाई प्रशिक्षण गरेर मात्र यो ग्रूपलाई दुईतर्फी बनाइने ती नेताले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved