मुख्यसचिवलाई प्रधानमन्त्री ओलीको सुझाव, सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउनु

नेपालभ्युज

मुख्यसचिवलाई प्रधानमन्त्री ओलीको सुझाव, सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउनु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई बधाई दिँदै हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाइ गर्न मिल्नेगरी सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउनु सुझाव दिएका छन् ।

नागरिकलाई सेवा डेलिभरी दिन, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त हुनुपर्ने भन्दै उनले यसमा कर्मचारी प्रशासनको ठुलो भूमिका हुने उल्लेख गरे ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठुलो भूमिका हुन्छ। सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो। हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जबाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाइ गर्न मिल्ने गरी सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउनु राम्रो हुन्छ ।

प्रधानमन्त्री ओलीले थप भनेका छन् – सवारी चालक अनुमतिका लागि, अस्पतालमा सेवा लिन, नागरिकता, पासपोर्ट लिन किन लाइन बस्नु पर्छ ? विकास निर्माणका आयोजनाहरू किन ढिलाइ भइरहेका छन् ? यी सबै कुरामा सम्बन्धित अधिकारीले तत्काल जवाफ दिने र सम्बोधन गर्ने प्रणाली विकास गर्न यसले सहयोग पुग्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved