प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक नियुक्ति गर्दै एन्फा

नेपालभ्युज

प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक नियुक्ति गर्दै एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय गरेको छ । यो लगतै एन्फाले अब फुटबलका लागि नयाँ प्रशिक्षक नियुक्त गर्ने प्रकिया थाल्नेछ ।

एन्फा कार्यसमितिको मंगलबार र बिहीबार बसेको बैठकले एनेसको सम्झौता थप नगर्ने निर्णय गरेको हो ।

साथै अब नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका लागि नयाँ प्रशिक्षक आवश्यक भएको छ । त्यसका लागि प्रो–लाइसेन्सप्राप्त प्रशिक्षकको नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको एन्फाले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपालले विश्वकप छनोट, एसियन कप छनोट जस्ता खेल खेल्नका लागि प्रो–लाइसेन्स प्राप्त कोच हुनुपर्ने भएकोले नेपालले फेरि विदेशी प्रशिक्षक नै ल्याउनुपर्ने भएको छ । नेपालमा अहिलेसम्म प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved