एकीकृत समाजवादीमा तीनजना वरिष्ठ नेता

नेपालभ्युज

एकीकृत समाजवादीमा तीनजना वरिष्ठ नेता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा तीनजना वरिष्ठ नेता हुने भएका छन् ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले डा. वेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनीत गरेको हो ।

यी नेताहरूले वरिष्ठ उपाध्यक्ष पदमा दाबी गरेका थिए । तर, उनीहरूलाई वरिष्ठ नेता बनाउने सर्तमै अध्यक्ष माधवकुमार नेपालले वरिष्ठ उपाध्यक्षबाट पछि हट्न भनेका थिए ।

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीले १७ पदाधिकारी र ८४ पोलिब्यूरो सदस्य आन्तरिक निर्वाचनमार्फत निर्वाचित गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved