प्रकाश चुमभ्यालीबाट लागे आफ्नै घर भोजपुर, बैङ्क खाता खोलेपछि साहुले १० लाख दिने 

नेपालभ्युज

प्रकाश चुमभ्यालीबाट लागे आफ्नै घर भोजपुर, बैङ्क खाता खोलेपछि साहुले १० लाख दिने 

काठमाडौं । भिडिओ सामग्री प्रस्तुत गर्ने कार्यक्रम ‘हेर्ने कथा’मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ ‘काले’ गोरखाबाट भोजपुर फर्किएका छन् ।

एक वर्षअघि ‘हेर्ने कथा’को हराएका वर्षहरूमा प्रकाश तामाङ घर पुगेका थिए भने फेरि फर्किएका थिए । पछि फेरि दशैँ तिहार मान्न भोजपुर गएर गोरखाकै चुमभ्याली गएका थिए ।

प्रकाशलाई साहू टासी लामाले पारिश्रमिकस्वरूप १० लाख दिने भएका छन् । त्यस्तै गाउँपालिकाले १ लाख रूपैयाँ दिने चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए ।

प्रकाश तामाङको ‘पढ्ने कथा’

प्रकाशलाई जनप्रतिनिधि, साहूलगायतले खादा लगाएर बिदाई गरेका छन् । प्रकाशले घर फर्किएर नागरिकता बनाउने छन् ।  बैङ्क खाता खोल्नासाथ साहूले १० लाख र गाउँपालिकाले थप १ लाख दिने बताइएको छ ।

प्रकाशको पारिवारिक मिलनले भावुक बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एक पटक प्रकाशलाई भेटेर उनको कुरा सुन्न चाहेको इच्छा राखेका थिए ।

जब ‘काले’ हराएको ३४ वर्षपछि घर फर्किए, आमालाई नै चिनेनन् !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved