प्रचण्डलाई एमालेको जवाफ– तपाईंकहाँ कोही पनि आउनेवाला छैन

नेपालभ्युज

प्रचण्डलाई एमालेको जवाफ– तपाईंकहाँ कोही पनि आउनेवाला छैन

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्ताबाट बाहिरिनासाथ रन्थनिएर आन्दोलनको हुँकार गर्दै हिँडेको टिप्पणी गरेका छन् ।

मंगलबार संसदमा एमाले र कांग्रेसप्रति प्रचण्डले कडा टिप्पणी गरेपछि त्यसको प्रतिक्रियास्वरूप बास्कोटाले एमाले र कांग्रेस पनि आन्दोलनबाटै आएकाले धेरै उद्वेलित नहुन आग्रह गरे ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, “अहिले बनेको सरकारभन्दा गतिलो संख्या अरुबाट पुग्दैन । यो सरकारप्रति जनताको आशा र विश्वास छ । प्रचण्डजीले धम्कीपूर्ण प्रेम गीतको सुसेली हाल्नुभयो । ‘म कहाँ नआउ है’ भनेर, कोही पनि आउनेवाला छैन भ्रममा नबस्नु, एक्लै लड्नु ।”

प्रचण्डले सदनमा बोल्ने क्रममा कांग्रेस र एमाले अहिले मिलेपनि केही समयपछि झगडा गरेर “लौ न प्रचण्डजी” भन्दै आफूलाई फुक्र्याउन आउने बताएका थिए । त्यो बेलामा आफूकहाँ नआउन प्रचण्डले आग्रह गरेका थिए ।

संसद बैठकमै कांग्रेस महामन्त्री गगन थापाले ‘नेपालमा बंगलादेशजस्तै हुन्छ’ भन्ने प्रचण्डको भनाइप्रति आपत्ति जनाएका थिए ।

उनले भने, “पूर्वप्रधानमन्त्रीले नेपाल बंगलादेश होला भन्ने अभिव्यक्ति दिएको सुनेँ । धर्म पापमा विश्वास नभएर श्राप दिएको त पक्कै होइन होला । तर्साउनु भएको होला । तर, वेटिङ प्रधानमन्त्रीलाई बंगलादेश हुन्छ भन्ने छुट छैन ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved