प्रचण्डको अभिव्यक्तिप्रति गगनको आपत्ति – वेटिङ प्रधानमन्त्रीलाई नेपाल बंगलादेश हुन्छ भन्ने छुट छैन

नेपालभ्युज

प्रचण्डको अभिव्यक्तिप्रति गगनको आपत्ति – वेटिङ प्रधानमन्त्रीलाई नेपाल बंगलादेश हुन्छ भन्ने छुट छैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘नेपालमा बंगलादेशजस्तै हुन्छ’ भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन् ।

उनले भने, ‘पूर्वप्रधानमन्त्रीले नेपाल बंगलादेश होला भन्ने अभिव्यक्ति दिएको सुनेँ । धर्म पापमा विश्वास नभएर श्राप दिएको त पक्कै होइन होला । तर्साउनु भएको होला । तर, वेटिङ प्रधानमन्त्रीलाई बंगलादेश हुन्छ भन्ने छुट छैन ।

उनले यदि बंगलादेशको अवस्थामा आए प्रचण्ड पनि यहाँ रहने स्थिति नहुने बताए ।

साथै, थापाले एकछिनको लाभको लागि उत्तेजनताको राजनीति नगर्न प्रचण्डलाई सुझाव दिए ।

प्रतिपक्षी दल समग्र प्रणालीको नभई सरकारको मात्रै प्रतिपक्षी भएको भन्दै थापाले प्रतिपक्षी दलले आफ्नो क्रियाकलापप्रति गम्भीर हुनुपर्ने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved