ओली र देउवाविरुद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा थप एक जना पक्राउ

नेपालभ्युज

ओली र देउवाविरुद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा थप एक जना पक्राउ

काठमाडौं । टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

कन्चनपुरका दीपक सिंह ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर परिसर काठमाडौंले जनाएको छ । यससँगै पक्राउ पर्नेमा संख्या तीन पुगेको छ ।

सोमबार गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गर्दै कार्यक्रम बिथोल्न खोजेको आरोपमा यसअघि सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढालाई प्रहरीले पक्राउ परेका थिए ।

सोमबार टुँडिखेलमा धेरै मानिस गौरा पर्व मनाउन र खेल्न आएका थिए । तर, केही व्यक्तिले होहल्ला गरेपछि ओली र देउवाले भाषण गरेनन् ।

कार्यक्रम बिथोल्न खोजेको भन्दै पछि प्रशासनले केही व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved