एमाले-माओवादीलाई रास्वपाको सुझाव- लडाइँ सडकमा लडौँ, सदनमा होइन

नेपालभ्युज

एमाले-माओवादीलाई रास्वपाको सुझाव- लडाइँ सडकमा लडौँ, सदनमा होइन

काठमाडौं । संसद्‌मा विवाद गर्ने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडकमा गएर लड्न सुझाव दिएको छ ।

बुधबार बसेको संसद् बैठकमा सत्तारूढ एमाले र प्रमुख प्रतिपक्ष माओवादी केन्द्रबीच ‘हिंसा’ शब्दबारे लामै विवाद चलेको थियो । यसपछि रास्वपाले यस्तो सुझाव दिएको हो ।

रास्वपा सांसद डा.  चन्दा कार्कीले आफूहरूले नीति निर्माणबारे छलफल गर्न चाहेको भएपनि ठूला दलहरू विवादोन्मुख भएको उल्लेख गर्दै भनिन्, “लडाइँचाहिँ सदनमा होइन, सडकमा लडौँ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved