इजरायली सेनाले गर्‍यो एकैपटक प्यालेस्टाइनका ४ शहरमा आक्रमण

नेपालभ्युज

इजरायली सेनाले गर्‍यो एकैपटक प्यालेस्टाइनका ४ शहरमा आक्रमण

काठमाडौं । इजरायली सेनाले प्यालेस्टाइनको वेस्ट बैंकका ४ शहरमा एकै पटक आक्रमण सुरु गरेको छ ।

इजरायली सेनाले जेनिन, तुलकर्म, नाब्लस र तुबास शहरमा एकैपटक हमला गरेको बीबीसीले जनाएको छ । आतंक सखाप पार्न अभियान चलाएको इजरायली सुरक्षा बलले दाबी गरेको छ ।

शहरको शरणार्थी शिविरमा भएको सशस्त्र झडपका कारण जेनिनको मुख्य सडक बन्द गरिएको छ । यस्तै, इजरायली हवाई आक्रमणले एक गाँउमा वाहनलाई पनि निशाना बनाएको छ ।

इजरायली सेना जेनिनको अस्पतालमा प्रवेश गर्नुका साथै तुलकर्ममा २ अस्पताल बन्द पनि गरेको छ । इजरायली सेनाले नब्लसमा २ शरणार्थी शिविरमा छापा मारेको छ ।

इजरायली ड्रोन आक्रमणपश्चात तुबासमा एम्बुलेन्स जान पनि समस्या भएको छ ।

यसअघि, इजरायली सेनाले वेस्ट बैंकमा गरेको आक्रमणमा परी ११ प्यालेस्टिनीको मत्यु भएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीले जनाएका थिए ।

अल–फारा शरणार्थी शिविरमा ५ जना र जेनिनमा भएको ड्रोन आक्रमण र सशस्त्र झडपमा ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

वेस्ट ब्याङ्कमा जारी इजरायली कारबाहीमा १० प्यालेस्टिनीको मृत्यु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved