वाणिज्य बैंकको ‘काउन्टर साइक्लिक बफर’ शून्य प्रतिशत कायम, घरेलु क्षेत्रमा कर्जा प्रवाहमा सहजता 

नेपालभ्युज

वाणिज्य बैंकको ‘काउन्टर साइक्लिक बफर’ शून्य प्रतिशत कायम, घरेलु क्षेत्रमा कर्जा प्रवाहमा सहजता 

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको काउन्टर साइक्लिक बफर शून्य प्रतिशत कायम गरेको छ ।

नेपाल राष्ट्र बैंकले मङ्गलबार इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

यसअघि वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८०र८१ को अन्त्यसम्ममा यस्तो बफर शून्य दशमलव पाँच प्रतिशत कायम गर्नुपर्ने प्रावधान रहेकामा केन्द्रीय बैंकले चालु आवको साउनदेखि लागू हुने गरी शून्य प्रतिशत कायम गरेको हो ।

साथै २०८४ साल असार मसान्तसम्ममा बैंकहरुले न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा प्रवाह गर्नुपर्नेछ । जसमा यसअघि रु एक करोडभन्दा कम रकमका कर्जा उल्लेख भएकामा संशोधन गरी रु दुई करोड कायम गरिएको छ ।

यसबाट लघु, घरेलु तथा साना  एवम् मझौला उद्यमका क्षेत्रमा थप कर्जा प्रवाह भइ आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved