साफ यु २० च्याम्पियनसिप : फाइनल खेल पनि एन्फा मैदानमा नै हुने

नेपालभ्युज

साफ यु २० च्याम्पियनसिप : फाइनल खेल पनि एन्फा मैदानमा नै हुने

काठमाडौं । साफ यु २० च्याम्पियनसिपको फाइनल खेल सातदोबाटो स्थित एन्फा कप्लेक्समा नै हुने भएको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार नेपाल र बंगलादेशबीचको फाइनल एन्फामा हुने सामाजिक संजालमार्फत जानकारी दिएको हो ।

यसअघि गत शुक्रबार एन्फाले फाइनल खेल दशरथ रंगशालामा हुने जनाएको थियो । फाइनलमा नेपाल र बंगलादेश बुधवार २ः३० बजे  भिड्दै छन् ।

सेमिफाइनलमा नेपालले भुटानलाई र बंगलादेशले भारतलाई पराजित गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved