युक्रेनको राजधानीलगायतका सहरमा रुसको आक्रमण

नेपालभ्युज

युक्रेनको राजधानीलगायतका सहरमा रुसको आक्रमण

काठमाडौं। रुसले युक्रेनको राजधानी किभ लगायतका सहरमा भिषण आक्रमण गरेको छ ।

१०० भन्दा बढी मिसाइल र करिब १०० ड्रोनले आक्रमण गरिएको युक्रेनका राष्ट्रपति भ्लेदोमिर जेलेन्स्कीले जनाएका छन् ।

यो आक्रमणबाट युक्रेनका विभिन्न भागमा रहेका महत्वपूर्ण भौतिक पूर्वाधारमा क्षति पुगेको पनि उनले बताएका छन् । तर, ३० मिसाइल र ड्रोन नष्ट गरेको युक्रेनी सेनाका प्रमुखले जानकारी दिए ।

रुसको आक्रमणमा ५ जनाको मृत्यु भएको युक्रेनले पुष्टि गरेको छ । उर्जामा पुगेको क्षति न्यूनीकरण गर्न मर्मत कार्य जारी रहेको राष्ट्रपति जेलेन्स्कीले बताए ।

उनले पश्चिमा निकट राष्ट्रलाई लामो–दूरी क्षमता भएको हतियार उपलब्ध गराइदिन आग्रह समेत गरेका छन् ।

युक्रेनको महत्वपूर्ण उर्जा पूर्वाधारमा आक्रमण गरेको रुसी सेनाले जनाएको छ । युक्रेनी सेनालाई सहयोग गर्ने पूर्वधारलाई निशाना बनाएको रुसको दाबी छ ।

केही हप्तायता युक्रेनी सेना रुसमा घुसेर गाउँ कब्जा गर्न लागेपछि तनाव बढ्ने अनुमान गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved