काठमाडौं । थाइल्यान्डमा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन सरेको छ । भदौ १८ र १९ सम्मेलन हुने तय थियो । तर, थाइल्यान्डमा भएको नयाँ राजनीतिक उतारचढापपछि सम्मेलन सरेको हो ।
यसबारे थाइल्यान्डको विदेश मन्त्रालयले सम्बन्धित मुलुकहरूलाई पत्राचार गर्दै हालका लागि शिखर सम्मेलन गर्न नसक्ने उल्लेख गर्दै पछि गर्नुपर्ने जानकारी दिएको छ ।
नयाँ सरकार गठन भएसँगै आवश्यक संसदीय प्रतिक्रिया र कानुनी प्रक्रियाहरुले गर्दा समयमै बिमस्टेक शिखर सम्मेलन गर्न नसक्ने बताइएको छ । अब सबै सदस्य मुलुकहरूसँग छलफल गरेर नयाँ मिति तय गरिने त्यहाँको विदेश मन्त्रालयले जनाएको छ ।
सन् १९९७ मा स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० मा नेपाल सन् २००४ मा सदस्य बनेको थियो ।
बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । बिमस्टेकले स्थापनाको २६ वर्षमा सन् २०२२ मा बडापत्र ल्याएको थियो ।
साउन ३० मा थाइल्यान्डको संवैधानिक अदालतले त्यहाँका निवर्तमान प्रधानमन्त्री स्रेथा थाविसिनलाई नैतिक उल्लंघन गरेको ठहर गर्दै पदमुक्त गरेको थियो । त्योसँगै उक्त सम्मेलन गर्ने हुने वा नहुने भन्ने प्रश्न उठेको थियो । साउन ३२ मा ३७ वर्षीय पेतोङतार्न सिनावात्रा प्रधानमन्त्री बनेकी थिइन् । उनी पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् ।
Facebook Comment
Comment