इजरायली आक्रमणबाट लेबनानमा ३ जनाको मृत्यु

नेपालभ्युज

इजरायली आक्रमणबाट लेबनानमा ३ जनाको मृत्यु

काठमाडौं। लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणका कारण ३ जनाको मृत्यु भएको बताएको छ ।

इजरालयले हिजबुल्लाहविरुद्ध आक्रमण गरेसँगै दक्षिणी क्षेत्रमा ३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको हो ।

शिया अमाल आन्दोलनसँग आबद्ध भएका एक लडाकुको पनि मृत्यु भएको हिजबुल्लाहले पुष्टि गरेको छ ।

फरक विज्ञप्तिमा तिरीको एक गाँउमा २ मानिसको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

विगत एक घण्टामा हमलाको खतरालाई न्यूनिकरण गर्न इजरायली रक्षा बल आईडिएफले हिजबुल्लाहको रकेट प्रहारलाई विभिन्न स्थानमा निष्क्रिय बनाएको छ।

आइडिएफले लेबनानको दक्षिणी क्षेत्रमा विभिन्न स्थानमा हिजबुल्लाहको रकेट प्रहारलाई नष्ट गरेको हो।

लेबनानस्थित खियाममा विभिन्न आतंकवादी सेलहरु पत्ता लगाएको र आतकंवादीहरुलाई आक्रमण गरेको आईडिएफले आफ्नो टलिग्राम पोष्टमा उल्लेख गरेको छ।

यस अघि, लेबनानस्थित हिजबुल्लाहसँगको बढ्दो तनावका कारण इजरायलले आगामी ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको छ ।

यी पनि पढ्नुहोस :

हिजबुल्लाहले रकेट वर्षाएपछि इजरायलमा सङ्कटकाल घोषणा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved