वैदेशिक रोजगार ठगीका दुई आरोपी भारतबाट पक्राउ, यसरी भागेका थिए ठगेर

नेपालभ्युज

वैदेशिक रोजगार ठगीका दुई आरोपी भारतबाट पक्राउ, यसरी भागेका थिए ठगेर

काठमाडौं । वैदेशिक रोजगार ठगीका आरोपमा दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको लमही नगरपालिका–४ का देव सुनार र भीमकुमार सुनार रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनारद्वयलाई भारतको दिल्लीबाट पक्राउ गरी कञ्चनपुर हुँदै काठमाडौं ल्याएको हो ।

प्रहरीका अनुसार युरोपेली मुलुकमा लैजाने भनेर सर्वसाधारणसँग एक करोड रुपैयाँभन्दा बढी रकम उठाएर यी दुई फरार भएका थिए ।

वैदेशिक रोजगार विभागको पत्रअनुसार उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved