भारतले वायुसेनाको विमानमार्फत् लग्यो २५ जनाको शव

नेपालभ्युज

भारतले वायुसेनाको विमानमार्फत् लग्यो २५ जनाको शव

काठमाडौं । तनहुँ जिल्लास्थित आँबुखैरेनीनजिकै शुक्रबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका २७ जना भारतीय नागरिकहरूको शव भारत लगिएको छ ।

दुर्घटनामा मृत्यु भएका उनीहरुको शव चितवनस्थित भरतपुर अस्पतालमा पोस्टमोर्टम गरिएपछि भारत लगिएको हो । शव लिन भारतबाट वायुसेनाको विमान शनिबार अपराह्न भरतपुर पुगेको थियो ।

वायुसेनाको विमानमार्फत् २५ वटा र शववहानबाट दुईवटा शव भारत पठाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

त्यसअघि भरतपुर अस्पतलामा शव बुझ्न काठमाडौंस्थित भारतीय दूतावासका प्रतिनिधिहरु पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved