मर्स्याङ्दी बस दुर्घटनाप्रति कांग्रेसको दुःख व्यक्त

नेपालभ्युज

मर्स्याङ्दी बस दुर्घटनाप्रति कांग्रेसको दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले पोखराबाट काठमाडौंतर्फ आइरहेको यूपी ५३ एफटी ७६२३ भारतीय नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

बस मर्स्याङ्दी नदीमा खस्दा ४३ जना यात्रुमध्ये २७ जनाको मृत्यु र १६ जना गम्भीर घाइते भएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले उक्त घटनाले सबैलाई स्तब्ध बनाएको उल्लेख गर्दै दुःख व्यक्त गरेको हो ।

बैठकले आजै रौतहटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ४७ नम्बरको बस मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा माथिबाट खसेको ढुङ्गाका कारणले बस अनियन्त्रित भई पल्टिँदा २५ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

उक्त दुवै घटनाका घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

बैठकले तनहुँ दुर्घटनामा परी मृत्युवरण गरेकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । कांग्रेसले दुवै घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved