अमेरिकामा तीन सातादेखि हराएकी नेपाली नर्स ममताका श्रीमान प्रहरीको नियन्त्रणमा

नेपालभ्युज

अमेरिकामा तीन सातादेखि हराएकी नेपाली नर्स ममताका श्रीमान प्रहरीको नियन्त्रणमा
ममता र श्रीमान नरेश

काठमाडौं । अमेरिकाको भर्जिनियामा तीन सातादेखि हराइरहेकी नेपाल नर्स ममता काफ्लेको खोजीका क्रममा उनका श्रीमान पक्राउ परेका छन् ।

काभ्रेको पनौतीकी २८ वर्षीया ममता काफ्ले त्यहीको मनासस भन्ने स्थानबाट हराएकी थिइन ।

प्रहरीले ममताको खोजीका क्रममा घरमा खानतलासीपछि श्रीमान नरेश भट्टलाई नियन्त्रणमा लिएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

यद्यपि अनुसन्धान जारी रहने भन्दै प्रहरीले यसबारे थप जानकारी दिएको छैन । यसअघि प्रहरीले अनुसन्धानमा श्रीमान नरेशले सहयोग नगरेको बताएको थियो ।

यो घटनालाई अहिले भर्जिनियाको प्रहरी र अमेरिकाका संचारमाध्यमले निकै चासो दिएका छन् ।

साउन १६ गते, ममता घरबाट निस्किएकी त्यसपछि उनी बेपत्ता भएकी छन् । ममताका पति नरेश भट्ट अमेरिकाको आर्मीमा छन् ।

पत्नी हराएको खबर उनले पाँचदिनपछि साउन २१ गते बल्ल प्रहरीलाई दिएका थिए । त्यसैले उनी शंकाको घेरामा परेका छन् ।

यो पनि पढ्नुहोस :

अमेरिकामा रहस्यमय तरिकाले हराइन् नेपाली नर्स ममता, पतिमाथि नै शंका गर्दै घरमा छापा !

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved