काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक माथिको प्रतिबन्ध हटाउनले निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गरेका थिए। उनको प्रस्तावअनुसार सरकारले टिकटमाथिको प्रतिबन्ध हटाएको हो।
सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले प्रस्ताव तयार गरेको हो ।
यसअघि सरकारले २०८० कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
Facebook Comment
Comment