भर्जिनिया । काभ्रेको पनौतीकी २८ वर्षीया ममता काफ्ले, जो अमेरिकाको भर्जिनियामा आफ्नो सपना पूरा गर्न नर्सको रूपमा काम गर्थिन् । एक वर्षीया छोरीकी आमा, जो आफ्नो परिवारको लागि मेहनत गरेर जीवन चलाउँदै थिइन् ।
युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा उनको ड्युटी थियो । नियमित अस्पतालमा हाजिर भएर काम गर्ने उनी विना जानकारी आउन छाडिन् । साउन १२ पछि उनी त्यहाँ हाजिर भइनन् ।
लामो समयससम्म नआएपछि सहकर्मीले प्रहरीलाई खबर गरे । त्यसपछि खोजी भयो, कहाँ गइन् उनी ? प्रहरीमा समेत उनी हराएको कुरा रिर्पाेट थिएन । उनी बेपत्ता भएको तीन साता पुगिसकेको छ ।
यो घटना अहिले केवल अमेरिकाको भर्जिनियाको सीमामा सीमित छैन, यो खबरले सम्पूर्ण अमेरिकामा चासो र चिन्ताको विषय बनाएको छ । साथै नेपालमा समेत उनको उनको अवस्थाको बारेमा खोजी भइरहेको छ ।
साउन १६ गते, ममता घरबाट निस्किएकी थिइन । एकाएक हराएपछि उनका परिवार, साथीभाइ, र समाजमा भय र आशंका छाएको छ ।
ममताका पति नरेश भट्ट, जो यस घटनाको अनुसन्धानमा पनि तानिएका छन् ।
नेपालको महेन्द्रनगरका उनी अमेरिकी आर्मी हुन् । सुरक्षा फौजमै कार्यरत उनले प्रहरीलाई घटनाबारे समयमै किन जानकारी गराएनन् ? शंकाको विषय बनेको छ ।
साउन १६ मा सम्पर्कबिहीन भएकी पत्नीको बारेमा पाँचदिनपछि साउन २१ गते उनले रिर्पाेट गरेका थिए । यो समयावधिमा के भयो ? किन ममता अचानक बेपत्ता भइन् ? कहाँ गइन् ? यी प्रश्नको उत्तर फेला परेको छैन ।
भर्जिनियामा अनुसन्धानले नयाँ मोड लिँदै गर्दा, ममताको खोजीमा प्रहरीले कुनै कसर बाँकी राखेको छैन । ममताक पति भट्टको घरमा प्रहरीले खोजतलास गरेको छ ।
घर पहेँलो टेपले घेरिएको छ । ममताको बारेमा एक सय जनाभन्दा बढीलाई सोधपुछ गरिएको छ ।
प्रहरीले घटनाको गहिराइमा पुगेर सत्यको खोजी गर्ने प्रयास गरिरहेको छ, तर कुनै खबर नआउँदा उनका परिवार र प्रियजनमा चिन्ता र पीडा बढेको छ ।
काभ्रेका ममताको परिवार, जसले अमेरिकाको भूमिमा आफ्नो छोरीलाई आफ्नो सपना साकार पार्न पठाएको थियो । अहिले उसको प्रतीक्षामा दिन गन्दै बसेको छ । हरेक दिन बित्दै जाँदा, ममताको खोजीमा जति प्रयास भए पनि, उनी कहाँ छन् भन्ने प्रश्नको उत्तर अझै अधुरो छ ।

भर्जिनिया राज्यको मनासस पार्कबाट बेपत्ता भएकी ममताको खोजीमा प्रहरीले बुधबार साँझ उनको घरमा खानतलासी गरेको थियो । ममताका पति नरेश भट्टलाई प्रहरीले शंकाको घेरामा राखेको छ ।
मनासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले पत्रकार सम्मेलनमा ममताका पति भट्टले अनुसन्धानमा सहयोग नगरेको बताएका छन् ।
प्रमुख लुगोले भने, ‘‘हामीले यस मामिलामा १० भन्दा बढी खानतलासी वारेन्ट जारी गरिसकेका छौँ । सयौँ व्यक्तिसँग सोधपुछ गरेका छौँ । उनको घरमा खोजतलास गर्यौँ । मेरो टोली यस मामिलामा कुनै पनि सुराक छुटाउन चाहँदैन । उनका पति पनि शंकाको घेरामा छन् ।”
ममताको बेपत्ताबारे रिपोर्ट गर्न ढिलाइ गर्नुले पनि पतिलाई शंकाको घेरामा राखिएको बताइएको छ ।
ममता बेपत्ता भएपछि उनको खोजीमा प्रहरी, परिवार, र समुदाय निरन्तर लागिपरेका छन् । उनी कार्यरत भर्जिनियाको अस्पतालमा अस्पतालमा हाजिर नभएपछि सहकर्मीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि मात्र अनुसन्धानले तीव्रता पाएको हो ।
Facebook Comment
Comment