मुकुल भन्छन्- अहिले पनि रास्वपामै छु, स्पष्टीकरण बेकार हो  

गत असार २० गते पार्टीले निलम्बन गरेको मुकुललाई स्पष्टीकरण सोधेको थियो । भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकले पुन: उनलाई अन्तिमपटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

नेपालभ्युज

मुकुल भन्छन्- अहिले पनि रास्वपामै छु, स्पष्टीकरण बेकार हो  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफू अहिले पनि पार्टीमै रहेको बताएका छन् ।

नेपालभ्युजसँगको कुराकानीका क्रममा उनले भने,”म अहिले पनि रास्वपामै छु, रास्वपाकै महामन्त्री हुँ ।”

पार्टीले भने उनलाई निलम्बन गरेको छ । ३८ वटा जिल्ला पुगेर तयार पारेको ३२ पृष्ठ लामो प्रतिवेदनका केही अंश पार्टीमा ल्याउनुअगावै मिडियामा लगेको भन्दै पार्टीले उनलाई कारबाही गरेको हो ।

गत असार २० गते पार्टीले निलम्बन गरेको मुकुललाई स्पष्टीकरण सोधेको थियो । भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकले पुन: उनलाई अन्तिमपटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यसबारे राखेको जिज्ञासामा उनले भनेका छन्, “यो स्पष्टीकरण बेकार हो । अहिलेसम्म पार्टीले के कारणले मलाई कारबाही गरियो भन्नेबारे प्रमाण पेस गर्नै सकेको छैन ।”

उनले आफू रवि लामिछाने (रास्वपा सभापति) क्लबबाट मात्रै निष्कासित भएको तर, रास्वपाबाट नभएको बताउँदै आएका छन् ।

“म रवि लामिछाने क्लबबाट मात्रै निष्कासित भएको हुँ, रास्वपाबाट होइन,” उनले भने, “स्पष्टीकरण सोध्ने पनि त्यही रवि लामिछाने क्लबले नै हो, रास्वपाले सोधेको होइन । रास्वपामा मै छु, महामन्त्री मै छु । स्पष्टीकरण सोधेको छैन ।”

उनले पार्टीका अहिलेका बैठकहरू सबै अनौपचारिक भएको बताएका छन् । “त्यो औपचारिक बैठक नै होइन, बैठक तथा निर्णयहरू सबै अनौपचारिक हो,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved