संसदमा प्रधानमन्त्रीको जवाफ : प्रश्नहरूको सिलसिला जारी LIVE

कांग्रेसको समर्थनमा असार तेस्रो साता प्रधानमन्त्री बनेपछि ओलीले सरकारको काम कारबाही र अन्य महत्त्वपूर्ण विषयमा केन्द्रित हुँदै सांसदहरूको जिज्ञासाहरूको जवाफ दिन लागेका हुन् ।

नेपालभ्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूको लिखित प्रश्नहरूको जवाफ दिँदैछन् । कांग्रेसको समर्थनमा असार तेस्रो साता प्रधानमन्त्री बनेपछि ओलीले सरकारको काम कारबाही र अन्य महत्त्वपूर्ण विषयमा केन्द्रित हुँदै सांसदहरूको जिज्ञासाहरूको जवाफ दिन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा संसदमा सांसदहरूको प्रश्नहरूको जवाफ दिने परम्परा सुरु गरेका थिए । जसलाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेले पनि निरन्तरता दिएका थिए । यही परम्पराको निरन्तरतामा बिहीबारको संसद बैठकमा प्रश्नोत्तर कार्यक्रम चलिरहेको छ ।

यस प्रक्रिया मार्फत, सरकारको कार्यप्रगति र योजना बारे सांसदहरूले सोधेका जिज्ञासाहरूको जवाफ दिने र जनतालाई स्पष्ट जानकारी दिने उद्देश्य राखिएको छ। यो लोकतान्त्रिक प्रक्रिया संसदको प्रभावकारीता र पारदर्शितामा विशेष योगदान पुर्याउने विश्वास गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved