शून्य रनमा आउट भएपछि ट्रोल बने बाबर

नेपालभ्युज

शून्य रनमा आउट भएपछि ट्रोल बने बाबर

काठमाडौं । पाकिस्तानी क्रिकेटर बाबर आजमले फेरि एक पटक ट्रोलको सामना गर्नु परेको छ ।

बंगलादेशी टोली हाल पाकिस्तान भ्रमणमा छ । जहाँ बाबर पहिलो टेस्टमा शून्य रनमा आउट भएका थिए । त्यसपछि आजमको ट्रोलिङ सुरु भएको हो । उनीमाथि धेरै मिम्स बन्न थालेका छन् ।

पहिलो टेस्टमा टस जितेर बंगलादेशले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङमा आएको पाकिस्तानी टोलीको सुरुवात निकै खराब रह्यो ।

पाकिस्तानले सुरुवातमै १६ रन मात्रै जोडेर तीन विकेट गुमाएको थियो । बाबरले दुई बल मात्र सामना गर्न सके । उनी शरीफुल इस्लामको बलमा लिटन दासको हातमा क्याचआउट हुन पुगे ।

बाबर पछिल्ला केही वर्षमा पाकिस्तानका लागि सबैभन्दा लगातार बलिङ गर्ने ब्याट्सम्यान हुन् । उनलाई भारतीय ब्याटर विराट कोहलीसँग पनि तुलना गरिन्छ ।

यस विषयमा ट्रोल गर्दै एक प्रयोगकर्ताले ट्वीट गर्दै लेखेका छन्, ‘विराट कोहलीसँग बाबर आजमको तुलना क्रिकेटको इतिहासमा सबैभन्दा खराब तुलना हो।’

अर्का प्रयोगकर्ताले भनेका छन्, ‘बाबर स्टिभ स्मिथ, जो रुट, केन विलियम्सन वा विराट कोहली जस्ता टेस्ट ब्याट्सम्यान होइनन् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved